Premier Cables

विराटनगर

विराटनगरमा दिउँसै अँध्यारो, हावाहुरीसहित आरीघोप्टे वर्षा

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख १३, २०८३  | बिहान ११:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा आइतबार दिउँसै एक्कासि रात परेजस्तै अँध्यारो छाएको छ। अचानक मौसम परिवर्तन भएसँगै शहरभर हावाहुरीसहित भीषण वर्षा भइरहेको छ।

एक्कासि घना बादल लागेपछि दिउँसो नै रातजस्तै वातावरण बनेको हो। तीव्र हावासँगै पानी पर्न थालेपछि सर्वसाधारण चकित भएका छन् भने जनजीवन प्रभावित बनेको छ।

विज्ञापन

शहरका विभिन्न स्थानमा पानी जम्न थालेको छ भने आवतजावतमा समेत समस्या देखिएको छ। स्थानीयका अनुसार केही समयअघि सम्म सामान्य रहेको मौसम अचानक बदलिएर अँध्यारो छाउँदै वर्षा सुरु भएको हो।

मौसमविद्ले हालका लागि बदली र वर्षा जारी रहने सम्भावना रहेको बताएका छन्।

*** समाप्त ***
Bagmati
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka