Premier Cables
Premier Steel

मौसम

आज कुन-कुन स्थानमा छ झरी वर्षाको सम्भावना?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०९, २०८२  | बिहान ७:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशभर हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (चैत ९) दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य पहाडी र हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बिज्ञापन

रातिको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा सामान्य बदली कायम रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। विभागका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली स्थानहरूमा र अन्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka