Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशका सातवटा सडक अझै अवरुद्ध (विवरण)

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०६, २०८२  | अपराह्न २:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इलाम । कोशी प्रदेशको विभिन्न स्थानहरूमा आएको पहिरो र स्थानीयको आन्दोलनका कारण सात स्थानमा सडक अवरुद्ध भएका छन्। प्रदेश प्रहरी कार्यालय, कोशीका अनुसार साउन ४ गतेदेखि इलाम र पाँचथर जिल्लाका मुख्य सडकहरूमा यातायात ठप्प भएको छ।

पाँचथर

बिज्ञापन

हिलिहाङ गाउँपालिका–७, देवलधुङ्गा (मेची लोकमार्ग) मा स्थानीय आन्दोलनका कारण सडक पूर्ण रूपमा बन्द गरिएको छ। सवारी आवागमन ठप्प भए पनि झोलुङ्गे पुलमार्फत पैदल यात्रा सम्भव रहेको छ।

फाल्गुनन्द गाउँपालिका–५, मगर भीरमा पहिरो खसेको छ। राँके–थाँके–भेन्टार सडक प्रभावित भए पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने छ।

बुबेश्वरी फाल्गुनन्द–५ मा रहेको मुवाखोलाको ढेम क्षेत्रमा पनि मानव अवरोध गरिएको छ, जसले गर्दा किविरा–फलोट सडकमार्ग बन्द भएको छ।

इलाम

श्यमथुम : माईमाझुवा–३ मा पहिरोले आम्बोटे–श्यामथुम–खम्बु सडक पूर्ण रूपमा बन्द भएको छ।

कन्यारटार : माईमाझुवा–६/७ मा पहिरो खसेर भेन्टार–बुढबारे–खम्बु सडक प्रभावित भएको छ। यी स्थानहरूमा केवल पैदल आवागमन सम्भव रहेको छ।

तमाख : किविरा नगरपालिका–८ मा पहिरोका कारण लुम्बिनी–गौतमसताय मार्ग अवरुद्ध भए पनि वैकल्पिक मार्ग उपलब्ध रहेको जनाइएको छ।

पञ्चमी : फाकफोकथुम–५ मा आमचोक–तुम्लिङ–चेनवारी–इलाम सडक पनि पहिरोले अवरुद्ध भएको छ, र यस क्षेत्रमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka