Premier Cables
Premier Steel

समाचार

क्षतिग्रस्त बीपी राजमार्ग: भोलिदेखि पूर्ण संचालन गर्ने तयारी

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २३, २०८२  | अपराह्न ३:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । असोज १७ र १८ गतेको निरन्तर वर्षाका कारण रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको मर्मत कार्य तीव्र पारिएको छ। बाढीले गत वर्ष बनाइएको अस्थायी डाइभर्सनसमेत बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो।

सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार, राजमार्गका विभिन्न खण्डमा डाइभर्सन निर्माण अन्तिम चरणमा पुगेको छ।

बिज्ञापन

प्याकेज १ अन्तर्गत दाप्चा पुल, चारसयबेँसी र कटुञ्जे घुमाउने खण्डको डाइभर्सन निर्माण कार्य पूरा भइसकेको छ। चौकीडाँडा क्षेत्रमा निर्माण कार्य आज (बिहीबार) सकिने जानकारी नबकान्तिपुर जोइन्ट भेन्चरका प्रतिनिधि जनक भट्टले दिएका छन्।

प्याकेज २ अन्तर्गत गिम्दीबेँसीदेखि डल्लाबेँसीसम्मको डाइभर्सन सडक पनि आजै सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

प्याकेज ३ अन्तर्गत सुख्खा पहिरोदेखि माम्ती खण्डसम्मको डाइभर्सन सडक निर्माण भने भोलि (शुक्रबार) सम्म सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने डिभिजन सडक कार्यालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka