Premier Cables

अर्थ समाचार

लघुवित्तका कर्मचारीलाई जुत्ताको माला लगाउनेहरु फरार, प्रहरीद्वारा पक्राउ पूर्जी जारी

Calendar बुधबार, असार ३२, २०८२  | बिहान ११:२६ बजे

विराटनगर । ऋणको भाखा नाघेपछि असुलीका लागि पुगेका एक वित्तीय संस्थाका कर्मचारीमाथि जुत्ताको माला लगाउने र दुर्व्यवहार गर्ने दुई महिलाविरुद्ध मोरङ प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीया दुर्गामाया लिम्बु र ३३ वर्षीया माया मगरविरुद्ध अभद्र व्यवहार, गालीगलौज र हातपातको आरोपमा पूर्जी जारी भएको हो । हाल दुवै जना फरार रहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो घटना सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि भएको हो । आइतबार दिउँसो ऋण सम्बन्धी छलफलका लागि दुर्गामाया लिम्बुको घरमा पुगेका बेला उनीहरुमाथि दुर्व्यवहार भएको थियो ।

बिज्ञापन

सार्वजनिक भएको एक भिडियोमा सुशीला लामिछानेलाई कुर्सीमा बसिरहेको अवस्थामा जुत्ताको माला लगाइएको देखिन्छ । कर्मचारी राईले प्रतिकार गर्न खोज्दा उनलाई लछारपछार गरिएको थियो । माया मगरले जुत्ताको माला लगाएको र दुर्गामाया लिम्बुले सो घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको आरोप छ, यद्यपि उक्त भिडियो पछि हटाइएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता, डीएसपी चुँडालका अनुसार पीडित कर्मचारीले ऋण तिर्न नमानेपछि छलफलका लागि जाँदा योजनाबद्ध रुपमा दुर्व्यवहार गरिएको भनी जाहेरी दिएका छन् । पक्राउ पूर्जी जारी भएपछि अभियुक्तहरु मोबाइल बन्द गरेर फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक विज्ञप्ति जारी गर्दै कर्मचारीमाथि भएको अमर्यादित आचरणप्रति गम्भीर आपत्ति जनाएको छ । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले समग्र सहकारी तथा वित्तीय क्षेत्रको छबिमा आँच पुर्‍याउने उल्लेख छ । संस्थाले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । झापाका अन्य पाँच सहकारी संस्थाले पनि घटनाप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Pinned News
© hamrobiratnagar 2025-2027