Premier Cables
Premier Steel

अर्थ

सरकारसँग १४ बुँदै सहमति गरेर घर फिर्किए लघुवित्त ऋणी

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र ०७, २०८३  | अपराह्न १२:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार (आज) घर फर्किएका छन्।

सरकार र लघुवित्त ऋणीहरूका प्रतिनिधिबीच शनिबार भएको वार्तामा विभिन्न मागहरूबारे सहमति जुटेसँगै उनीहरूले आफ्नो धर्ना कार्यक्रम स्थगित गरेका हुन्। सहमतिपछि आज बिहान ८ बजेर ५० मिनेट जाँदा सरकारले व्यवस्था गरेको साझा यातायातका बसहरू चढेर उनीहरू आफ्ना गन्तव्यतर्फ लागेका छन्।

बिज्ञापन

विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत विभिन्न जिल्लाबाट आएका ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत सकुशल बिदाइ गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka