Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

श्री ५ महाराधिराजले सभामा बखेडा, रेकर्डबाट हटाउन एमालेको माग

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार २३, २०८२  | अपराह्न ३:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेश सभामा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई “श्री ५ महाराजधिराज” भनेर सम्बोधन गरेपछि विवाद चर्किएको छ। प्रदेश सभा बैठकमै जन्मदिनको अवसर पारेर शुभकामना दिँदै विश्वकर्माले उक्त सम्बोधन प्रयोग गरेका थिए, जसप्रति नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

एमालेका प्रमुख सचेतक विदुरकुमार लिंथेपले उक्त अभिव्यक्तिलाई असंवैधानिक भन्दै आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे। “उहाँ श्री ५ पर्नु भएन, संविधानले उहाँलाई चिन्दैन,” भन्दै लिंथेपले उक्त भनाइ संसदको अभिलेखबाट हटाइनुपर्ने बताए।

बिज्ञापन

सभामुख अम्बर बहादुर विष्टले भने लिंथेपको मागलाई सम्बोधन गर्दै संविधानअनुसार नै संसद चल्ने स्पष्ट पारे र उनीसँग बस्न आग्रह गरे। तर, यो विवादले प्रदेश सभामा केहीबेर तनावपूर्ण स्थिति बनाएको थियो।

यसै बैठकमा सांसद विश्वकर्माले सुनमा लगाइएको अतिरिक्त करप्रति पनि असन्तुष्टि जनाए। उनले सुनलाई विलासिताको वस्तु भन्न नमिल्ने तर्क गर्दै त्यसमा लगाइएको करले सर्वसाधारण उपभोक्तालाई प्रत्यक्ष असर पारिरहेको बताए। उनले सरकारको नीतिका कारण सुनचाँदी व्यवसायी आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरे।

“सरकारले नै व्यवसायीहरूलाई आन्दोलित बनाएको हो,” उनले भने, “अब त्यसको समाधान पनि सरकारले नै खोज्नुपर्छ। वार्ता गरेर समस्या हल गर्न जरुरी छ।”

विश्वकर्माले सुनजस्तो वस्तु विवाह, पूजापाठदेखि दैनिक कर्मकाण्डमा प्रयोग हुने भएकाले यसलाई विलासितासँग तुलना गर्न नहुने धारणा व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka