विराटनगर । स्थगित गरिएको कोसी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गतको बैठक आगामी जेठ ३० गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ।
कोशी प्रदेश सभा सचिवालय, विराटनगरद्वारा जारी सूचनामा अनुसार, गत २०८२ साल जेठ १६ गते का लागि निर्धारण गरिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो। सोही बैठक अब विराटनगरस्थित कोसी प्रदेश सभा हलमा बस्ने सूचनामा उल्लेख गरिएको छ।
बिज्ञापन
सूचना अनुसार, कोसी प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय सभामुखकाे आदेशमा यो सूचना सार्वजनिक गरिएको हो। बैठकको जानकारीका लागि प्रदेश सभा सदस्यहरूलाई अवगत गराइएको छ।