Premier Cables
Premier Steel

अपराध

ससुरालीमा सबैको हत्या गरी आफैले प्रहरीमा खबर गरे !

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | बिहान ७:४७ बजे
Hamro Biratnagar Headlines

भोजपुर । भोजपुरमा एक व्यक्तिले आफ्नै ससुराली पक्षका चार सदस्यको ज्यान लिएका छन्। भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राजेन्द्रले आफैं प्रहरी कन्ट्रोल रुममा फोन गरेर चार जनाको हत्या गरेको स्वीकार गर्दै आफूलाई पक्राउ गर्न आउन अनुरोध गरेका थिए। प्रहरी टोली तत्कालै अस्थायी प्रहरी पोष्ट ओख्रेबाट घटनास्थलतर्फ परिचालित भएको थियो।

बिज्ञापन

प्रहरीले राजेन्द्रलाई रामप्रसाद राई गाउँपालिका–१, हर्बुभन्ज्याङ भन्ने स्थानमा पेटमा घाइते अवस्थामा फेला पारेको छ। उनीसँगै उनका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु बिन्दु गिरी, श्रीमती र सालोको शव पनि घटनास्थलमा फेला परेको छ। श्रीमती र सालो कानुनी रूपमा ‘अन्डर एज’ भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार राजेन्द्रले दुई वर्षअघि प्रेम विवाह गरेका थिए। हाल उनलाई नियन्त्रणमा लिई घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। हत्या पछाडिको कारणबारे भने विस्तृत विवरण आउन बाँकी छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka