Premier Cables
Premier Steel

कोशी प्रदेश

धनपालथानमा ५ वर्षीया बालिकाको हत्या : एक जना प्रहरी नियन्त्रणमा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १४, २०८२  | साँझ ५:४७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा ५ वर्षीया बालिकाको हत्या घटनासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान अक्षय सरदारकी छोरी आत्तिका सरदारको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। शव भेटिएपछि घटनास्थलमा स्वयं मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमरिया पुगेर निरीक्षण गरेका थिए। बालिकाको अनुहार, घाँटी र शरीरका अन्य भागमा चोट देखिएको प्रहरीले जनाएको छ।

एसपी चिमरियाका अनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएको छ। यद्यपि, घटनाबारे विस्तृत जानकारी पोष्टमार्टम रिपोर्टपछि मात्रै पुष्टि हुने उनले जानकारी दिए। बालिकाको शव परीक्षणका लागि कोशी अस्पताल, विराटनगर पठाइएको छ।

हत्या अनुसन्धानका लागि एक शंकास्पद व्यक्ति पक्राउ परे पनि प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन। “अनुसन्धानको सिलसिलामा एक जना नियन्त्रणमा लिइएको छ,” एसपी चिमरियाले भने, “घटनाको सम्पूर्ण पाटो खुलाउन अनुसन्धान तीव्र पारिएको छ।”

घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोश फैलिएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धानलाई संवेदनशीलताका साथ अघि बढाइएको छ र दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिवद्धता जनाइएको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka