Premier Cables
Premier Steel

कोशी प्रदेश

इनिशा हत्याको विरोधमा झापामा प्रदर्शन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | अपराह्न १:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै झापामा काठमाडौंमा आज पनि विरोध प्रदर्शन भएको छ।

झापाको काकरभिट्टा क्षेत्रमा उनको न्याय माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । इनिशालाई न्याय दे भन्दै विद्यालय ड्रेसमै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

बिज्ञापन

प्रदर्शनमा ‘इनिशा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गरलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । हिजो विराटनगरमा पनि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी १६ वर्षीया इनिशाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले फरेन्सिक रिपोर्टको प्रतिक्षा गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएको छ ।


*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka