Premier Cables
Premier Steel

विराटनगर

मिटर ब्याजी मन्टुले फेरि दुःख दिन थालेपछि पीडित त्रासमा

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, असार १८, २०८२  | बिहान १०:४६ बजे

विराटनगर । जेल सजाय भोगेर छुटेका कुख्यात मिटरब्याजी सञ्जय प्रसाद रौनियार (मन्टु) फेरि मिटरब्याजको धन्दामा सक्रिय भएको आरोप लागेपछि १७ जना पीडितले सार्वजनिक रूपमा आवाज उठाएका छन्।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले रौनियारले झूटा तमसुक, चेक र प्रहरी प्रशासनको डर देखाएर सर्वसाधारणलाई आर्थिक तथा मानसिक रूपमा सताउन थालेको आरोप लगाएका हुन्। उनीहरूका अनुसार मिटरब्याजको नाममा वर्षौं अगाडि दिएका ऋण रकम असुली गरिसकेपछि समेत पुनः त्यही आधारमा पैसा माग्दै अदालतमा मुद्दा हाल्ने, प्रहरीको दबाबमा पार्ने, र धम्की दिने काम पुनः दोहोरिन थालेको छ।
रौनियार २०७७ मंसिर २९ गते मोरङ प्रहरीले ठगी तथा आपराधिक लाभको मुद्दामा पक्राउ गरेको थियो।

बिज्ञापन

त्यसपछि २०७७ माघ १३ गते मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो। प्रारम्भिक अनुसन्धानमा १ करोड ९२ लाख बढी ठगी गरेको पुष्टि भएपछि अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको थियो।

थुनामा रहँदा पीडितहरूसँग सम्झौता गर्दै जग्गा फिर्ता गर्ने कबुल गरेका थिए। तर जेलबाट छुटेपछि ती पीडितहरूमाथि पुनः पैसा तिर्नुपर्ने माग गर्दै पत्राचार गर्न थालेका छन्।

विराटनगर-७ की मिना शाक्यका अनुसार उनले १७ लाख ऋण लिएकी थिइन्। ब्याजसहित १ करोड ५ लाख बुझाइसकेकी उनी अहिले पनि थप रकम माग भइरहेको गुनासो गर्छिन्। यस्तै, सुनवर्षि नगरपालिका–४ का अमित कुमार यादवले घरजग्गा धितो राखेर ऋण लिएको तर पैसा क्यासमै दिइने, चेक र तमसुक भने खुदले राख्ने परिपाटी मन्टुले अपनाउने गरेको बताए।

विराटनगर–५ का गोपाल राउतले पनि मिटरब्याजकै कारण १० लाख ऋण लिई २५ लाख बुझाइसकेकामा अझै श्रीमतीको नाममा भएको तमसुकका कारण थप माग भइरहेको गुनासो गरे।

पीडितहरूका अनुसार अहिले पनि प्रहरी प्रशासनबाट उचित न्याय नपाएको गुनासो गर्दै बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको हो। १७ जनाले हस्ताक्षर गरेको ज्ञापनपत्रमार्फत उनीहरूले नेपाल सरकारसँग न्याय माग गरेका छन्।

सञ्जय रौनियारविरुद्ध यसअघि मोरङ अदालतले पूर्पक्ष थुनामा राख्ने आदेश दिएको थियो। तर जेलमुक्त भएपछिका उनको क्रियाकलापले पुनः सर्वसाधारणलाई आक्रान्त बनाएको देखिन्छ। कमजोर वर्ग, अशिक्षित र आर्थिक रूपमा विपन्न व्यक्तिहरूलाई टार्गेट गर्दै मन्टुले मिटरब्याजको फन्दा फिजाएको आरोप पीडितहरूले लगाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka