Premier Cables
Premier Steel

समाचार

मिटरब्याजीलाई कानुनी कठघरामा ल्याउन यस्तो छ सरकारको तयारी

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, साउन ०१, २०८३  | बिहान ८:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी कार्यलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी गरेको छ।

मिटरब्याजीहरूबाट पीडित सर्वसाधारणलाई छिटो र प्रभावकारी न्याय दिलाउनका लागि सरकारले छुट्टै विशेष ऐन ल्याउने र नयाँ न्यायाधीकरण गठन गर्ने गृहकार्य अघि बढाएको हो।
विगत लामो समयदेखि देशका विभिन्न भागबाट आएका मिटरब्याज पीडितहरूले काठमाडौँमा आन्दोलन गर्दै आएका छन्।

विज्ञापन

पीडितहरूका समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न र मिटरब्याजी गिरोहलाई कानुनी दायरामा ल्याउन विद्यमान कानुन अपर्याप्त देखिएपछि सरकारले नयाँ कानुनी ढाँचा तयार गर्न लागेको हो।

प्रस्तावित नयाँ व्यवस्थाका मुख्य बुँदाहरू

१.गम्भीर आर्थिक अपराधको वर्गीकरण: मिटरब्याज वा अनुचित लेनदेनलाई कानुनतः गम्भीर आर्थिक अपराधको रूपमा परिभाषित गरिनेछ र यसमा संलग्न हुनेहरूलाई कडा कैद सजाय र जरिवानाको व्यवस्था गरिनेछ।

२.विशेष ऐनको तर्जुमा: यस अपराधलाई सम्बोधन गर्न द्रुत प्रक्रियाबाट छुट्टै विशेष ऐन निर्माण गरिनेछ, जसले पीडितको पक्षमा कानुनी प्रमाण जुटाउन र न्याय निरूपण गर्न सहज बनाउनेछ।

३.न्यायाधीकरणको गठन: सामान्य अदालतको लामो प्रक्रिया छल्न र मुद्दाहरूको छिटो किनारा लगाउनका लागि छुट्टै अधिकारसम्पन्न न्यायाधीकरण गठन गरिनेछ।

यसअघि पनि सरकारले मिटरब्याज नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरी केही उजुरीहरूमा मिलापत्र र कारबाही प्रक्रिया चलाए पनि यो समस्या पूर्ण रूपमा निर्मूल हुन सकेको छैन।

सरकार र आन्दोलनरत पीडितहरूबीच सकारात्मक वार्ता भइरहेको पृष्ठभूमिमा आउन लागेको यो नयाँ कानुनी व्यवस्थाले ग्रामीण तथा सहरी क्षेत्रमा व्याप्त वित्तीय शोषणको अन्त्य गर्न निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड, विराटनगरका उद्योगीले सुनाए समस्या

Clock Iconआइतबार, मंसिर १३, २०८३

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka