Premier Cables

राजनीति राष्ट्रिय

कुलिङ पिरियडको हंगामा : छानबिन गर्न माओवादीको माग

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार १७, २०८२  | अपराह्न १२:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं ।नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा नियोजित हेरफेर भएको आरोप लगाउँदै त्यसलाई गम्भीर अपराधको संज्ञा दिएका छन्। उनले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले राज्य व्यवस्था समितिले पारित गरेको प्रस्तावभन्दा फरक शब्दहरू अन्तिम विधेयकमा समावेश गरिएको दाबी गरे। “समितिले पारित गरेकोभन्दा बाहिर गएर शब्द राखिएकोमा सबै सदस्यहरूको एउटै धारणा छ,” उनले भने, “सभापतिले पनि आफूलाई थाहा नभएको बताएका छन्। सचिवले स्वाभाविक रूपमा लेखिएको बताएका छन्, तर यस्ता कुरा स्वाभाविक हुँदैनन्।”

विज्ञापन

उनले संसदको सार्वभौम अधिकारमाथि हस्तक्षेप भएको भन्दै यसलाई षड्यन्त्र र बदमासीको संज्ञा दिँदै कडा आलोचना गरे। “यो अत्यन्तै निच र तुच्छ कार्य हो,” शर्माले भने, “यसको गम्भीर छानबिन हुनुपर्छ। सभापति, सचिव वा समिति—जसको गल्ती हो, उसले जिम्मेवारी लिनुपर्छ।”

शर्माले कानुनमै हेरफेर गरेर जनताको विश्वास गुमाउने काम भएको भन्दै व्यवस्थापिका संस्थामाथि नै गम्भीर प्रश्न उठेको बताए। “कानुन बनाउने निकायमै षड्यन्त्र भए जनताले कसलाई विश्वास गर्ने?” उनले भने, “यो विषय सजिलै नछाडेर छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइनुपर्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka