Premier Cables
Premier Steel

कोशी प्रदेश

काेसीकाे बजेटमा विपक्षीकाे टिप्पणी : कार्यकर्ता रिझाउने ‘कनिके बजेट’

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | साँझ ७:५५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेश सरकारले ल्याएको बजेट सत्तारुढ दलका नेता र कार्यकर्तालाई मात्र लक्षित गरी तयार पारिएको आरोप लगाएका छन्।

प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेशसभा बैठकमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेपछि आङ्बोले उक्त प्रतिक्रिया दिएका हुन्।

बिज्ञापन

पूर्व आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका आङ्बोले बजेटले कुनै स्पष्ट प्राथमिकता नदिएको र कृषिलाई प्राथमिकता दिएको भनिए पनि त्यस क्षेत्रमा विनियोजन कटौती गरिएको बताए। उनले बजेटका योजना ‘कनिका छरेजसरी’ बाँडिएको भन्दै यसबाट ठोस परिणाम र उपलब्धि हासिल नहुने टिप्पणी गरे।

“दुईतिहाई बहुमत प्राप्त शक्तिशाली सरकारले पनि परम्परागत शैलीको बजेट ल्याएको छ,” उनले भने, “बजेटले कुनै विशेष प्राथमिकता निर्धारण गरेको छैन। केवल परम्परा जोगाउने खालको मात्रै देखिन्छ।”

संघीयताको मर्म अनुसार हेर्दा पनि केन्द्र सरकारले लाखौं रुपैयाँको योजना ल्याउँदा प्रदेश सरकारले ५० हजार रुपैयाँका स-साना योजना प्रस्तुत गरेको संकेत गर्दै उनले संघीयताको प्रभावकारी कार्यान्वयनमा प्रदेश सरकार चुकेको बताए।

आङ्बोले बजेटको स्रोत अनुमान अवास्तविक रहेको टिप्पणी गरे। उनले भने, “राजस्व वृद्धि गर्ने लक्ष्य पनि व्यवहारिक देखिँदैन। नगद मौज्दातको अनुमानसमेत अविश्वसनीय छ।”

उनका अनुसार बजेटमा देखिएको अनुमान र योजनाले कोशी प्रदेशको समावेशी विकास र वास्तविक आवश्यकतालाई सम्बोधन गर्न नसक्ने स्पष्ट हुन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka