Premier Cables
Premier Steel

राजनीति

माओवादी स्थायी समिति बैठक जारी, जनार्दनको विषयमा विवाद

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन १८, २०८२  | बिहान ८:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ।

साउन १६ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमाथि स्थायी समिति सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ। प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय दिइएको छ।

बिज्ञापन

हिजोको बैठकमा १८ जना स्थायी समिति सदस्य, पाँच जना पदाधिकारी र अनुशासन आयोगका एक पदाधिकारीले धारणा राखेका थिए।

झन्डै एक वर्षपछि बसेको स्थायी समिति बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोधसम्बन्धी विषयमा पनि छलफल भएको छ। अधिकांश नेताहरूले यस्ता गतिविधि रोक्नुपर्ने सुझाव दिएका छन्।

बैठकमा अध्यक्ष दाहालको प्रशंसा गर्ने नेताहरूको संख्या धेरै देखिएको छ भने उपमहासचिव जनार्दन शर्मामाथि आलोचना भएको छ। धेरै नेताहरूले शर्माले आत्मालोचना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

सचिव राम कार्कीले भने नेतृत्व हस्तान्तरणबारे फरक प्रस्ताव राख्दै नयाँ विकल्पमा जान सकिने संकेत गरे ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka