






काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूलाई इँटको जवाफ पत्थरले दिन वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका छन । ले पैसाको बलमा ल्याएका भाडाका मान्छेको बलमा राजावादीले उफारिरहेको प्रचण्डले बताए ।
पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले प्रचण्डले शान्तिपूर्ण नै गर्ने तर छाडा भए भने राजनवादीलाई जवाफ दिन निर्देशन दिए ।
‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु । तपाईंहरूले देखिराख्नुभएको छ,’ प्रचण्डले भनेका छन् ।
उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशसस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।