Premier Cables
Premier Steel

विराटनगर

एसियन हाइवेको लक्ष्मीमार्गमा कालोपत्रे शुरु,कस्तो बन्दै छ काँकडभिट्टा–लौकही खण्ड ?

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, असार ०४, २०८२  | साँझ ६:११ बजे

विराटनगर । एशियाली मुलुकहरूलाई सडकमार्गबाट जोड्ने उद्देश्यसहित निर्माण थालिएको ‘एसियन हाइवे’ अन्तर्गत काँकडभिट्टा–लौकही खण्डको कालोपत्र कार्य सुरु भएको छ ।

आयोजनाको पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत् प्रजापतिको अनुसार, मङ्गलबार लक्ष्मीमार्ग क्षेत्रबाट एक लेन कालोपत्रको काम औपचारिक रूपमा सुरु गरिएको हो । निर्माण सुरु भएको १५ महिनामा करिब २३ प्रतिशत कार्य सम्पन्न भइसकेको उनले बताएका छन् ।

बिज्ञापन

एसियाली राजमार्ग नम्बर २ मा पर्ने काँकडभिट्टादेखि लौकहीसम्मको करिब १२० किलोमिटर सडक स्तरोन्नति गर्ने योजना भए पनि हालसम्म ९५.७६ किलोमिटर क्षेत्रमै काम भइरहेको छ । परियोजना पूर्वी र पश्चिम खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।

चालु आर्थिक वर्षमा कम्तिमा १० किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य लिइएको छ । पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनिलबाबु पन्तका अनुसार सो खण्डमा २१ प्रतिशत काम सम्पन्न भइसकेको छ र चालु वर्षमै १० किलोमिटर कालोपत्र गर्ने योजना छ ।

पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा ७० वटा कल्भर्ट निर्माण भइसकेका छन् । यस राजमार्गको चौडाइ बजार क्षेत्रमा ५० मिटर, ग्रामीण क्षेत्रमा ३३ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर रहनेछ ।

एडीबीको ऋण सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा ३४ अर्ब ९० करोड रुपैयाँमा ठेक्का लागेको छ । त्यस रकममध्ये एसियाली विकास बैँक (एडीबी)को ८४ दशमलब १ प्रतिशत र १५ दशमलब ९ प्रतिशत नेपाल सरकारको लगानी हुनेछ । यो परियोजना २०२४ फेब्रुअरी १ बाट सुरु भएको हो । सन् २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य छ ।

काकरभिट्टादेखि सुनसरीको लौकहीसम्म सडक, ठूला पुल र कल्भर्टको कामसेत गरी विभिन्न पाँचवटा प्याकेजमा ठेक्का लागेको छ । प्याकेज २, ३ र ५ काँकडभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्ड इटहरीस्थित सडक कार्यालयबाट हुँदै आएको छ ।

प्याकेज १ र ४ काँकडभिट्टादेखि लौकहीसम्मको सडक आयोजना पूर्वी खण्ड सडक कार्यालय दमकले हेर्छ । पूर्वी र पश्चिमसमेत गरी दुई खण्डमा बनिरहेको सकड आयोजना एसियन हाइवेको एउटा भाग हो ।

थाइल्यान्डको बैंककबाट शुरु भएको सडक म्यानमार, बंगलादेश, भारत हुँदै नेपालको पूर्वपश्चिम राजमार्ग भएर नयाँदिल्लीबाट पाकिस्तानको कराँचीसम्म पुग्छ । भारततर्फ पश्चिम बंगाल हुँदै नेपालको काँकडभिट्टा नाकासम्म सडक जोडिइ सकेको छ ।

एसियाली राष्ट्रबीच व्यापार प्रवद्र्धन, आयात निर्यात बढाउन र पर्यटक चलायमान गराउने उद्देश्यसहित सडक निर्माण अघि बढेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka