Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङको खानेपानी माग संघीय सरकारले सुन्याे, खानेपानी मन्त्रालयले दियाे बजेट

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | अपराह्न २:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । खानेपानी मन्त्रालयले सार्वजनिक गरेको आगामी वर्षको बजेटमा धरान उपमहानगरपालिकामा कोशी नदीको पानी ल्याउने योजना समावेश गरिएको छ। यो योजना धरानका मेयर हर्क साम्पाङको निरन्तर मागपछि समेटिएको हो।

सरकारले संघीय रूपमा कार्यान्वयन हुने गरी उक्त योजनाका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। केही महिनाअघि मेयर साम्पाङ कोशीको पानी ल्याउन संघीय सरकारबाट सहयोग माग्दै रित्तो गाग्री बोकेर काठमाडौं पुगेका थिए। उनले सिंहदरबारमा मन्त्री तथा सरोकारवालासँग भेट गरी यस विषयमा ध्यानाकर्षण गराएका थिए। त्यतिबेला दिइएको आश्वासन अनुसार बजेट विनियोजन भएको हो।

बिज्ञापन

खानेपानी मन्त्रालय अन्तर्गत आगामी वर्षका लागि कुल १० अर्ब ६६ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन हुने भएको छ। संघीय सरकारको बजेटले ५ सयभन्दा बढी आयोजनालाई समेटेको छ। जिल्लागत बजेट हेर्दा काठमाडौँमा सबैभन्दा धेरै ५९ आयोजनाका लागि १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

झापाले ११ आयोजनाका लागि ५५ करोड १४ लाख, चितवनले ४६ आयोजनाका लागि ४६ करोड, रुपन्देहीले ६ आयोजनाका लागि ३७ करोड २३ लाख, र मोरङले १० आयोजनामा ३५ करोड ७३ लाख पाएको छ।

विपन्न तथा दुर्गम जिल्लामा भने तुलनात्मक रूपमा कम बजेट परेको छ। रसुवाले सबैभन्दा कम १ करोड ९५ लाख रुपैयाँ पाएको छ, भने मुस्ताङ, मनाङ, रुकुम पश्चिम, कालीकोट, सल्यान र दार्चुलाले करिब ३ करोडको हाराहारीमा बजेट पाएका छन्।

खानेपानी मन्त्री प्रदीप यादवको गृह जिल्ला पर्सामा ५ आयोजना लागि ११ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको छ, जुन बजेटका हिसाबले ४२औं स्थानमा पर्छ। यसले मन्त्रीहरूले आफ्नै जिल्लामा बजेट केन्द्रित गर्ने प्रवृत्ति यो पटक देखिएको छैन भन्ने संकेत गर्छ।

धरानको कोशी खानेपानी योजना समावेश हुनु मेयर हर्क साम्पाङको निरन्तर दबाब र पहलको परिणाम मानिएको छ। अब धरानवासीलाई सुरक्षित र पर्याप्त खानेपानी आपूर्ति गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढ्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka