Premier Cables
Premier Steel

राजनीति

पार्टी दर्ता गर्न हर्क साम्पाङको कागजात पुगेन, निर्वाचन आयोगले लिएर आउनु भन्यो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज २८, २०८२  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका हर्क साम्पाङसहित तीन नयाँ राजनीतिक दलहरूलाई थप कागजात पेश गर्न निर्देशन दिएको छ।

हालसम्म चारवटा नयाँ दलले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन्। तीमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र नेपाल नागरिक पार्टीले आवश्यक कागजात नपुगेको भन्दै आयोगले पूरक कागजात माग गरेको हो।

निर्वाचन आयोगका अनुसार, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५ अनुसार दल दर्ताका लागि दलको विधान, झन्डा, चिह्नको नमुना, कम्तीमा ५ सय नेपाली मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता पत्र, र उनीहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा बुझाउनु पर्नेछ।

त्यसैगरी, दर्ता गर्न चाहने दलसँग कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति समेत रहेको प्रमाणित विवरण पनि पेश गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगले कागजात पूरा भएपछि मात्र दर्ता प्रक्रिया अगाडि बढाउने स्पष्ट पारेको छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka