Premier Cables
Premier Steel

राष्ट्रिय

जनकपुर पुगेर रवि लामिछाने दम्पतीले मनाए छठको खरना, निकितासँगै गरे पूजाआजा

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २८, २०८३  | राती ९:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्नी निकिता पौडेलसँगै जनकपुरधाममा छठ पर्वको खरना मनाएका छन् ।

शनिबार जनकपुरधाम पुगेका लामिछाने दम्पतीले शिवचोकस्थित नरेश शाहको घरमा छठ पर्वको विधि र परम्पराअनुसार खरना व्रत गरेका हुन् ।

विज्ञापन

छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै उनीहरू जनकपुर पुगेका थिए । सो क्रममा लामिछाने दम्पतीले स्थानीय परम्पराअनुसार पूजाआजा गर्दै खरना विधि सम्पन्न गरेका हुन् ।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित धार्मिक गतिविधिमा सहभागी हुँदै उनीहरूले पर्व मनाएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka