Premier Cables
Premier Steel

खेलकुद

लुम्बिनीसँग हार्दै विराटनगर बाहिरियो, एनपीएलको प्लेअफ समीकरण पूरा

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक २८, २०८३  | राती ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सको प्लेअफ यात्रा समाप्त भएको छ । शनिबार भएको खेलमा लुम्बिनी लायन्ससँग पराजित भएपछि विराटनगर प्रतियोगिताबाट बाहिरिएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले विराटनगरलाई पराजित गर्दै अंकतालिकामा आफ्नो स्थान थप मजबुत बनाएको छ ।

विज्ञापन

यससँगै एनपीएलको प्लेअफमा पुग्ने चारवटै टोलीको समीकरण पूरा भएको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स यसअघि नै प्लेअफमा पुगिसकेका थिए ।

विराटनगरको हारसँगै काठमाडौं गोर्खाज र चितवन राइनोजको प्लेअफ सम्भावना बलियो बनेको छ । लिग चरणका बाँकी खेलले अन्तिम स्थान निर्धारण गर्नेछ ।

विराटनगरले लिग चरणमा अपेक्षित प्रदर्शन गर्न नसक्दा प्लेअफ पुग्ने अवसर गुमाएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka