Premier Cables
Premier Steel

राजनीति

हर्क साम्पाङले उपाध्यक्ष लामालाई पार्टीबाट निलम्बन गरे

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines

विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पार्टीका उपाध्यक्ष देवराज लामालाई निलम्बन गरेका छन् ।

बम विस्फोटसम्बन्धी पुरानो घटनामा संलग्न भएको आरोपमा प्रहरीले लामालाई पक्राउ गरेपछि बुधबार भिडियो सन्देशमार्फत साम्पाङले पार्टीको निर्णय सार्वजनिक गरेका हुन् ।

बिज्ञापन

साम्पाङले राज्यले गरिरहेको अनुसन्धानलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धान नटुंगिएसम्मका लागि उपाध्यक्ष लामालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएका छन् । आफू सधैं ‘गलतलाई गलत र सहीलाई सही’ भन्ने मान्यतामा दृढ रहेको उल्लेख गर्दै उनले अनुसन्धान प्रक्रियामा कुनै किसिमको दबाब वा प्रभाव नपारिने स्पष्ट पारे ।

‘राज्यले निष्पक्ष छानबिन गरोस् । यदि उहाँ दोषी ठहरिनुहुन्छ भने कानुन बमोजिम कारबाही हुनुपर्छ,’ साम्पाङले भने, ‘यदि निर्दोष हुनुहुन्छ भने अनावश्यक दुःख दिनु हुँदैन ।’

अनुसन्धानलाई सहज बनाउन र नैतिकताका आधारमा लामालाई पार्टीको उपाध्यक्ष पदबाट अस्थायी रूपमा निलम्बन गरिएको उनले बताए । ‘उहाँ निर्दोष साबित नभएसम्म पार्टीको पदमा रहनुहुन्न,’ साम्पाङले भने, ‘दोषी ठहर भए पार्टीबाट मुक्त हुनुहुनेछ, तर निर्दोष ठहरिए पुनः स्वागत गरिनेछ ।’ यस सम्बन्धमा पार्टीले आधिकारिक प्रेस विज्ञप्ति जारी गर्ने पनि उनले जानकारी दिए ।

उपाध्यक्ष लामा पूर्व माओवादी कार्यकर्ता भई सशस्त्र द्वन्द्वमा संलग्न रहेको जानकारी भए पनि पक्राउको समय र सन्दर्भप्रति भने साम्पाङले आशंका व्यक्त गरेका छन् । २०७९ सालको निर्वाचनमा सहभागी हुँदा कुनै समस्या नदेखिएको तर पार्टीको लोकप्रियता बढेपछि १३–१४ वर्ष वा २०–२५ वर्ष पुराना घटनाका आधारमा पक्राउ गरिनु राजनीतिक प्रतिशोध र षड्यन्त्र हुन सक्ने उनको भनाइ छ ।

यद्यपि, साम्पाङले जुनसुकै राजनीतिक षड्यन्त्र भए पनि आफूहरू विचलित नहुने र देश तथा जनताको पक्षमा निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka