Premier Cables
Premier Steel

विराटनगर

युद्धग्रस्त इसराइलमा अड्किएका मेयर नागेश कोइराला जोर्डन भएर स्वदेश फर्किंदै

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | राती ९:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला इसराइल–इरान युद्धको बीचमा इसराइलमै अड्किनु परेको पाँच दिनपछि अन्ततः सुरक्षित रुपमा स्वदेश फर्किने प्रक्रियामा छन् ।

कृषि र सहकारी प्रणालीको अध्ययनका लागि जेठ २६ गते इसराइल गएका कोइराला युद्ध सुरु भएपछि बंकरभित्र लुकेर बस्न बाध्य भएका थिए।

बिज्ञापन

गत बिहीबारदेखि सुरू भएको इसराइल–इरानबीचको संघर्षका कारण कोइरालाले अधिकांश समय बंकरभित्रै बिताएका थिए । मिसाइल आक्रमणको चेतावनी दिने साइरन बज्नेबित्तिकै उनी र भ्रमण टोलीका अन्य सदस्यहरू बंकरमा लुकेका थिए भने साइरन बन्द भएपछि केही समयका लागि मात्र बाहिर निस्कने गरेका थिए।

कोइरालाले भनेबं “करभित्र र बाहिर गर्दै पाँच दिन बित्यो, अब त नेपाल फर्कन लागेको छु ।”

युद्धका कारण इसराइलका अन्तर्राष्ट्रिय विमानस्थलहरू बन्द भएपछि मेयर कोइरालाले जोर्डन हुँदै नेपाल फर्कने निर्णय गरेका हुन् । इसराइली राजधानीबाट करिब ३० किलोमिटर टाढा रहेको सेफाइम सहरको सहकारी अतिथि गृहमा बसेका कोइराला मंगलबार बिहान जोर्डनतिर लागेका छन् भन्ने विषयलाइ परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले कोइराला जोर्डनतिर गएको जानकारी आएको बताएका छन् ।

मेयरका प्रेस संयोजक मीनकुमार श्रेष्ठका अनुसार कोइराला जोर्डनबाट कुवेत, त्यसपछि मुम्बई हुँदै दिल्ली भएर नेपाल फर्कने छन्। “बुधबार साँझसम्म उहाँ नेपाल आइपुग्ने अपेक्षा गरिएको छ,” उनले भने, “अहिले बाटोमा हुनाले सम्पर्क हुन सकेको छैन।”

सोमबार साँझ नै जोर्डनको भिसा प्राप्त भएपछि नेपाली दूतावासले उनलाई सुरक्षित रुपमा सीमा पार गराउने व्यवस्था मिलाएको हो। इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले कोइरालालाई सुरक्षित स्थानमा लैजान दूतावासले सक्रिय पहल गरिरहेको बताएका थिए।

राजदूत पण्डितका अनुसार इसराइलमा हाल करिब ५ देखि ७ हजार नेपाली रहेका छन्। तीमध्ये करिब २ हजार सरकारी कार्यक्रमअन्तर्गत, ३५० कृषि श्रमिक, ७ जना विद्यार्थी र करिब १ हजारजति भारतीय पासपोर्ट बोकेका नेपाली छन्। अन्य तेस्रो मुलुकबाट आएका नेपालीहरू समेत इसराइलमा छन्।

इरानमा रहेका १२ नेपालीसमेत सुरक्षित अवस्थामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa