Premier Cables

विराटनगर

रोजगार संयोजकहरुलाई के भने विराटनगरका मेयर नागेश कोइरालाले ?

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार १६, २०८२  | राती ८:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । रोजगार सेवा केन्द्रका कर्मचारी तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजकहरूको दुईदिने अन्तरक्रिया तथा तालिम कार्यक्रम विराटनगरमा सुरु भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सुरु गरिएको कार्यक्रममा उद्घाटन सम्बोधन गर्दै विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले वैदेशिक रोजगारीमा जानुअघि सीप सिक्नु आवश्यक भएको बताए। उनले भने, “सीपयुक्त भएर विदेश जान सके दुःख कम हुन्छ, आम्दानी बढी हुन्छ।”

विज्ञापन

कोइरालाले वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरू बढ्दै गएकाले जनस्तरमै सचेतना फैलाउनु जरुरी रहेको धारणा राखे। कार्यक्रममा वैदेशिक रोजगारमा लाग्ने युवाहरूलाई सुरक्षात्मक उपायहरू र कानुनी अधिकारका बारेमा स्पष्ट जानकारी दिनुपर्नेमा जोड दिइएको थियो।

सामी कार्यक्रम मोरङका संयोजक दीपक राउतका अनुसार वैदेशिक रोजगारमा जाने नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा जिल्लामा वैदेशिक रोजगारसम्बन्धी ३१३ ठगी उजुरी दर्ता भएको जानकारी दिए। तीमध्ये १३६ उजुरीको अनुसन्धान टुंग्याइँएको बताउँदै उनले ७ करोड रुपैयाँभन्दा बढी रकम ठगिएका पीडितलाई फिर्ता गराइएको जानकारी दिए। साथै, उनले ५ हजार ८७३ जनालाई परामर्श सेवा पनि प्रदान गरिएको बताए।

कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका उपसचिव शम्भुप्रसाद साहले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउनु राज्यको दायित्व भएको बताए।

सामी कार्यक्रमकी कोसी–मधेस प्रदेश व्यवस्थापक कोपिला दाहालका अनुसार, अघिल्लो आर्थिक वर्षमा कोसी प्रदेशबाट १ लाख ४० हजार युवाहरू विदेश गएका थिए भने यो वर्षको जेठ मसान्तसम्ममा २ लाख ६० हजार पुगेका छन्। वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि भइरहेको उनले बताइन्।

कार्यक्रममा हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरी, रोहित विश्वकर्मा र संयोजक दीपक राउतले सहजीकरण गरेका छन्। तालिममा मोरङका १७, सुनसरीका १२ र झापाका २ गरी कुल ३१ स्थानीय तहका रोजगार संयोजकहरू सहभागी छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka