नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाको प्रशासनिक जलाइयो ।
भवन ध्वस्त भएपछि उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा महानगरको कार्यालय व्यवस्थापन गरियो ।
मेयर नागेश कोइराला आन्दोलन अघि र पछिको निकै समयसम्म अष्ट्रेलिया भ्रमणमा थिए । उनी फर्केर आएपछि कार्यपालिका बैठक बसेको छ । महानगर परिसरमा टांगिएको टेन्टमा बैठक राखिएको हो ।
बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउनेलगायतका निर्णय गरेको मेयरको निजी सचिवालयले जनाएको छ ।
बैठकमा मेयर कोइरालाले हतोत्साहित नभई भएका स्रोतबाट जनताका सेवामा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे । महानगरवासीको सेवाका लागि संस्थागत र व्यक्तिगत सहयोग गर्न आफू सधैं तत्पर रहेको सुनाए ।
बैठकमा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहित कार्यपालिका सदस्यहरुको उपस्थित थिए ।
