Premier Cables
Premier Steel

राजनीति

धरौटीमा रिहा भएपछि रविन्द्र मिश्रको प्रतिक्रिया : ‘अदालतले न्याय दियो’

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार ०३, २०८२  | साँझ ७:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।

मंगलबार अदालतले तोकेको ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका मिश्रले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भने, “राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा अदालतले न्याय दिन सक्छ भन्ने विश्वास पलाएको छ। अदालतले विवेक प्रयोग गर्दै न्याय दिएकोमा नेपालको न्याय प्रणालीमाथि अझै दृढ विश्वास जागेको छ।”

बिज्ञापन

राज्यले आफूमाथि दोषी देखिने गरी लगाएका आरोपहरू दुःखद भएको उनले बताए। मिश्र चैत १५ गते तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा हिंसा भड्किएपछि पक्राउ परेका थिए।

उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने मिश्रले दिइएका अभिव्यक्तिले हिंसा भड्किएको आरोप लाग्दै आएको छ। उनलाई यही जेठ ११ गते राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो।

मंगलबार मिश्र आफैं अदालतमा उपस्थित भएका थिए। सोही प्रकरणका मुख्य योजनाकारका रूपमा चिनिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा राख्न आदेश दिइसकेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka