Premier Cables

अन्तराष्ट्रिय

एयर इन्डिया विमानमा १६९ जना भारतीय, ५३ व्रिटिश नागरिक थिए

Calendar बिहिबार, जेठ २९, २०८२  | साँझ ५:३० बजे

काठमाडौं । भारतको गुजरात स्थित एयर इन्डियाको एआई–१७१ उडान (बोइङ ७८७–८ ड्रिमलाइनर) बिमान विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको बीबीसीले जनाएको छ ।

अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक, सातजना पोर्चुगलका नागरिक र एकजना क्यानडेली नागरिक थिए ।

बिज्ञापन

एयर इन्डियाले बताएअनुसार विमान युकेको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो । प्रहरी अधिकारीहरूले यो विमान विमानस्थल नजिकैको एक नागरिक क्षेत्रमा ठोक्किएर खसेको बताएका छन् । विमानका क्याप्टेन सुमित सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव थियो । सह–विमान चालक (को–पाइलट) सँग १,१०० घण्टाको उडान अनुभव थियो ।

एयर ट्राफिक कन्ट्रोल (एटीसी) अनुसार, विमानले अहमदाबादबाट १३ः३९ मा रनवे २३ बाट उडान गरेको थियो । यसले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे कल’ गरेको थियो, तर पछि विमानबाट कुनै प्रतिक्रिया आएन । उडानलगत्तै विमान विमानस्थल परिसर बाहिर ठोक्किएर खस्न पुगेको थियो ।

अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले विमानस्थल अहिले अपरेशनमा नभएको बताएका छन् । अर्को सूचना नआउन्जेल सम्पूर्ण उडान सेवा निलम्बित गरिएको छ ।

*** समाप्त ***
Bagmati
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो