Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

मुम्बई विमानस्थलमा इन्डिगो र एयर इन्डिया विमानको पखेटा ठोक्कियो

Calendar बुधबार, माघ २१, २०८२  | अपराह्न १२:२० बजे

मुम्बई । मुम्बई विमानस्थलमा यात्रु बोकेका इन्डिगो र एयर इन्डिया विमानका पखेटा आपसमा ठोक्किएका छन् । दुवै एयरलाइन्सले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका छन्।

घटनामा हैदराबादबाट मुम्बई आएको इन्डिगोको उडान नम्बर 6E 791 र मुम्बईबाट कोयम्बटूर जान तय गरिएको एयर इन्डियाको उडान AI 2732 संलग्न थिए। इन्डिगोको विमान अवतरणपछि ट्याक्सी गर्दै गइरहेको अवस्थामा थियो भने एयर इन्डियाको विमान उडानअघि ट्याक्सीवेमा रोकिएको अवस्थामा रहेको बताइएको छ।

इन्डिगोका अनुसार अवतरणपछि ट्याक्सी गर्ने क्रममा उनीहरूको विमानको पखेटा अर्को एयरलाइन्सको विमानसँग सम्पर्कमा आएको थियो।

इन्डिगोका प्रवक्ताले भने, “३ फेब्रुअरी २०२६ मा हैदराबाद–मुम्बई उडान 6E 791 सञ्चालन गरिरहेको हाम्रो विमानको पखेटा ट्याक्सी गर्ने क्रममा अर्को एयरलाइन्सको विमानसँग ठोक्किन पुगेको हो। सबै यात्रु सुरक्षित छन् र पार्किङपछि विमानबाट अवतरण गराइएको छ। विमानको प्राविधिक निरीक्षण भइरहेको छ।”

उनले थपे, “स्थापित प्रक्रिया अनुसार सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराइएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ। इन्डिगोमा यात्रु, चालकदल र विमानको सुरक्षा सधैं हाम्रो सर्वोच्च प्राथमिकता हो।”

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka