Premier Cables

अन्तराष्ट्रिय

प्रत्यक्षदर्शीको भनाइ – विमान खस्दा भूकम्प गएजस्तै हल्लियो

Calendar बिहिबार, जेठ २९, २०८२  | साँझ ५:२५ बजे

काठमाडौं । अहमदाबाद विमान दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको अवस्थाको बारेमा बताएका छन् ।

एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई भने, “म घरमा बसिरहेको थिएँ, अचानक आवाज आयो । भूकम्प आएको जस्तो महसुस भयो । चारैतिर धुवाँ थियो । मलाई थाहा थिएन कि विमान दुर्घटनाग्रस्त भएको छ । त्यसपछि जब हामी यहाँ आयौँ, अनि थाहा भयो ।”

बिज्ञापन

“जब म यहाँ आएँ, मैले एउटा विमान दुर्घटनाग्रस्त भएको देखेँ र त्यहाँ धेरै शव देखेँ,” उनले भने ।

बीजेपी विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भने, “म यहाँ मेरो कार्यालयमा बसिरहेको थिएँ । विस्फोट भयो । जब म त्यहाँ गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ । त्यहाँ धेरै धुवाँ थियो । डाक्टरहरूको फ्ल्याटमा धेरै क्षति भएको छ । हामीले स्थानीय कामदारहरूको सहयोगमा त्यहाँबाट धेरै डाक्टरहरूलाई उद्धार गरेका छौँ ।”

एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विमान उडान भरेपछि दुर्घटनाग्रस्त भयो । यो विमान अहमदाबादबाट लन्डन ग्याटविक जाँदै थियो ।”

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १स्३८ बजे अहमदाबादबाट उडेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो