फायल फोटो
विराटनगर । जेनजी आन्दोलनका क्रममा झापााका विभिन्न प्रहरी कार्यालयबाट हराएका १७ थान हतियार अझै फेला परेको छैन ।
गत भदौ २४ गते विभिन्न प्रहरी कार्यालयबाट हतियार हराएका थिए । पछिल्लो पटक झापाको इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार र गोलीगट्ठा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार सँझ तीन थान इन्सास (राईफल), ३०३ को जङ्गी राउण्ड गोली १३४ थान, एसएलआरको जङ्गी राउण्ड पाँच थान, इन्सासको जङ्गी राउण्ड २० थान र गोली राख्ने बिन्दुली तीन थान फेला परेको बताइएको छ ।
दमक नगरपालिका वडा नं १ स्थित बुद्ध टोल नजिकै रतुवा खोला किनारको काँसघारीमा ती हतियार र गोली बेवारिसे अवस्थामा फेला परेको हो । हतियार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी नायव उपरीक्षक(डिएसपी) किशोर लम्साल नेतृत्वको टोलीले हतियार बरामद गरेको थियो ।
सबै हतियार रितपूर्वक इलाका प्रहरी कार्यालय दमकमा दाखिला गरिएको लम्सालले बताए । आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका १७ थान हतियार अझै गायब छन् ।
जम्मा २४ थान हतियार लुटेकोमा ७ थान हतियार मात्र भेटिएको झापा प्रहरीले जनाएको छ ।
