Premier Cables
Premier Steel

स्वास्थ्य

नर्सहरुले काम नगरेपछि विराट टिचिङले बिरामी डिस्चार्ज गर्यो

Calendar शनिबार, कार्तिक ०१, २०८२  | साँझ ५:३९ बजे

विराटनगर । विराट टिचिङ अस्पतालमा नर्सिङ स्टाफ बेतनवृद्दिको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

नर्सिङ स्टाफको अभावमा स्वास्थ्य सेवा दिन नसकेपछि अस्पतालले उपचाररत बिरामीलाई अन्यत्र सेवा लान आग्रह गर्दै डिस्चार्ज दिएको छ ।

बिज्ञापन

नर्सिङ स्टाफले काम छाडेपछि अस्पतालले नयाँ बिरामीहरू भर्ना लिनसमेत छाडेको छ ‌।

अस्पतालमा साढे ४ सय बिरामी उपचारका क्रममा रहेकोले वैकल्पिक व्यवस्था गर्न पर्ने भएको जानकारी दिएको छ ।

अस्पतालका सिईओ डेनिस कार्कीले बिरामीका लागि आवश्यक नर्सिङ स्टाफ नभएकोले बिरामीलाई अन्यत्र जानु भन्नुको विकल्प नभएको बताए ।

भने, “हामीले बिरामी भर्ना लिन छाडेका छौं, नियमित रूपमा काम गरिरहेका नर्सहरुले काम नगरेकोले मेडिकल कलेजका विद्यार्थी नर्सिङबाट काम चलिउनु परेको छ । तर सबै सेवा दिन कठिन छ । ”

कार्कीका अनुसार जटिल र पेडियाट्रीक विभागका बिरामीलाई अन्यत्र पठाउने बारे छलफल भएको थियो ।

उनले भने,”यसबारे जिल्ला प्रशासन कार्यालय मोरङलाई जानकारी गराइसकेका छौं ।” उनले नर्सहरुले उठाएको माग आफूहरुको तहबाट भन्दा पनि सरकारले नीति बनाएर समाधान गर्न पर्ने खालको रहेको उनले बताए ।

मेडिकल कलेजले इमरजेन्सी भर्ना समेत बन्द गरेको छ ।
मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस विषयमा सरकारले निचोड निकाल्नुपर्ने बताएका छन् ।

सरकारले नीतिगत निर्णय नगरी आफूहरुले एकतर्फी रुपमा तलब बढाउन सक्ने अवस्था नरहेको उनले बताए । “सरकारले निर्णय गरे ३४ हजार हैन ४० हजार नै पनि दिन सकिन्छ,” उनले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka