Premier Cables
Premier Steel

राष्ट्रिय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विराटनगरमा, पालिका उपप्रमुख तथा उपाध्याक्ष सम्मेलन उद्घाटन गर्ने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ २३, २०८२  | बिहान ८:२५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन शुरु हुँदै छ । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् । भण्डारी विहीबार विराटनगर आई पुगेकी छिन् ।

सम्मेलन उद्घाटनसँगै भण्डारीले कोसी प्रदेशमा राजनीतिक भेटघाटसमेत गर्ने बताइएको छ । विराटनगर विमानस्थलमा कोसीका पूर्वमुख्यमन्त्री शेरधन राईले भण्डारीलाई स्वागत गरेका थिए ।

बिज्ञापन

सम्मेलनमा ६ वटा महानगरका उपप्रमुख, ११ उपमहानगरका उपप्रमुख, कोशी प्रदेशका १३६, मधेस प्रदेशका ७३, वागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी २९१ जना उपप्रमुख र उपाध्यक्षहरुको सहभागिता हुनेछन् ।

सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । सम्मेलन वीरेन्द्र सभागृहमा हुनेछ ।

सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरुमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा‍‍‍ गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षहरुको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलन विराटनगर घोषणा पत्र जारी गर्दै समापन हुनेछ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka