Premier Cables

अपराध

एक अर्ब ३ करोडभन्दा बढी हुण्डी कारोबार आरोपमा सुनसरीबाट एक जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०८, २०८३  | राती ८:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।‌सुनसरीबाट एक अर्ब ३ करोड रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले बिहीबार धरान उपमहानगरपालिका-५ खैरेनीबाट धरान-१३ निवासी ज्योति शाहीलाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

सीआईबीका अनुसार शाहीले अन्य व्यक्तिहरूसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा ‘शाही मनी ट्रान्सफर’ नामको फर्म दर्ता गराएका थिए। त्यसै फर्मको आडमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा ५२ वटा खाता खोलेर अवैध वित्तीय कारोबार सञ्चालन गरिरहेको अनुसन्धानमा देखिएको छ।

प्रहरीको प्रारम्भिक छानबिन अनुसार ती खाताहरू प्रयोग गरी कुल १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka