Premier Cables

समाचार

सर्वदलीय बैठकमा एमालेको प्रश्न: भारत भ्रमणमा ईपीजी प्रतिवेदनको विषय उठ्यो कि उठेन ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ २५, २०८३  | अपराह्न १:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भारत भ्रमणबारे जानकारी गराउन आयोजित सर्वदलीय बैठकमा नेकपा एमालेले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदनको विषय उठाएको छ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले लामिछानेसँग भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनबारे भारतीय पक्षसँग छलफल भए–नभएको प्रश्न गरेका थिए।

विज्ञापन

लामिछानेले जेठ १८ गतेदेखि पाँचदिने भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाहलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए।

भारत भ्रमणबाट फर्किएपछि लामिछानेले विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर भ्रमणका उपलब्धि र छलफलका विषयबारे जानकारी दिएका थिए। सोही क्रममा एमालेले लामो समयदेखि अलपत्र रहेको ईपीजी प्रतिवेदनको विषय उठाएको हो।

नेपाल–भारत सम्बन्धका विविध पक्षको अध्ययन तथा समीक्षा गर्न गठन गरिएको ईपीजीले करिब दुई वर्ष लगाएर आफ्नो प्रतिवेदन तयार पारेको थियो। तर, प्रतिवेदन तयार भएको लामो समय बितिसक्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक रूपमा बुझ्न अस्वीकार गर्दै आएका छन्।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको सहमतिअनुसार गठन गरिएको ईपीजीले दुई देशबीचका सन्धि, सम्झौता र समग्र सम्बन्धबारे सुझावसहितको प्रतिवेदन तयार गरेको थियो। कोइरालाको निधन भइसकेको छ भने मोदी हाल पनि भारतको प्रधानमन्त्री पदमा छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka