Premier Cables
Premier Steel

समाचार

विद्या भण्डारीलाई एमाले सदस्यता दिने निर्णय

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ ०५, २०८३  | बिहान ७:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । विद्या देवी भण्डारीको केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ।

सोमबार गुन्डुस्थित ओली निवासमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यतालाई निरन्तरता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बिज्ञापन

भट्टका अनुसार बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पुनः पार्टी सदस्यका रूपमा मान्यता दिने निर्णय गरेको हो। यसअघि गत वर्ष साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता ‘पेन्डिङ’मा राख्ने निर्णय गरेको थियो, जसले पार्टीभित्र विवाद उत्पन्न गरेको थियो।

त्यसपछि साउन ८ गते आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरिसकेको भन्दै त्यसलाई अस्वीकार गर्न नमिल्ने प्रतिक्रिया दिएकी थिइन्। उनले एक वर्षअघि नै च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेर सदस्यता नवीकरण गरेकी भए पनि पार्टी केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन।

गत वर्षको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको थियो। राष्ट्रपतिको पद संविधानअनुसार दलीय राजनीतिभन्दा माथिको गरिमामय र निष्पक्ष संस्था भएकाले पूर्वराष्ट्रपति पुनः दलीय राजनीतिमा सक्रिय हुनु संविधानको मर्मविपरीत हुने धारणा बैठकले व्यक्त गरेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka