Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेस कोशी प्रदेश सभापतिमा रमेशजङ्ग रायमाझीको उम्मेदवारी घोषणा

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | बिहान ९:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सभापति पदका लागि रमेशजङ्ग रायमाझीले उम्मेदवारी घोषणा गरेका छन्।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रायमाझीले प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले आफ्नो नाममा पार्टीभित्र सर्वसम्मति जुटाउने प्रयास भइरहेको जानकारी दिए।

विज्ञापन

राष्ट्रिय सभामा संसदीय दलको नेताको जिम्मेवारी सम्हालिसकेका रायमाझीले आफ्नो नेतृत्वमा पार्टीका सबै पक्षलाई समेट्न सक्ने दाबी गरे।

नेपाली कांग्रेस कोशी प्रदेश समितिको अधिवेशन मंसिरको तेस्रो साता विराटनगरमा हुँदैछ। अधिवेशनको उद्घाटन पार्टी सभापति गगन थापाले गर्ने कार्यक्रम तय भएको छ।

प्रदेश अधिवेशनमा २ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन्। उनीहरूले मतदान प्रक्रियामार्फत प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka