Premier Cables
Premier Steel

खेलकुद

पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै, जित्ने टोली फाइनलमा

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०१, २०८३  | बिहान ९:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज हुने पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य फाइनलमा स्थान सुरक्षित गर्नु हुनेछ।

साविक विजेता लुम्बिनी सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने दाउमा छ। यसअघि गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। जारी संस्करणको लिग चरणमा भएको पहिलो भेटमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो।

विज्ञापन

विशेष कुरा के छ भने, अघिल्ला दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनको योगफलसमेत पार गर्न दिएको थिएन। आजको खेल जिते लुम्बिनीले सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा गर्दै पहिलो प्रयासमै फाइनलमा स्थान बनाउनेछ।

यता सुदूरपश्चिम भने लुम्बिनीसँगका पछिल्ला हारको बदला लिँदै फाइनल पुग्ने लक्ष्यमा छ। लिग चरणमा दुवै टोलीले ५–५ खेल जितेका छन्। तर, सुदूरपश्चिमले २ खेलमा हार बेहोर्दा लुम्बिनी भने एक खेलमा मात्र पराजित भएको छ।

एक खेल वर्षाका कारण रद्द भएपछि प्राप्त अंकका आधारमा लुम्बिनी १ अंकले अगाडि रहँदै लिग चरणको शीर्ष स्थानमा पुगेको थियो। अब पहिलो क्वालिफायर जित्ने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka