Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेश सभा सदस्य भीम पराजुलीले गरे २८ औं दण्ड प्रणाम

Calendar सोमबार, कार्तिक १०, २०८२  | बिहान ११:५४ बजे

विराटनगर । कोसी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले छठको सन्दर्भमा २८ औं दण्ड प्रणाम गरेका छन् ।

विराटनगरको ठूलोमिल चैकमा अवस्थित शिव पाञ्चायन मन्दिरबाट पूजाआरधना गरी आज बिहान उनले दण्ड प्रणाम शुरु गरेका हुन । तीन किलोमिटर पूर्वमा अवस्थित सिंघिया खोलामा निर्मित छठघाटमा गई उनले अस्ताउँदो सूर्यलाई अर्घय दिएर उपासना पूरा गर्ने बताएका छन् । पराजुलीले विगत ३५ वर्षदेखि छठको व्रत बस्दै आएको र यो दण्ड प्रणाम २८ औं भएको बताए ।

बिज्ञापन

बौद्ध ,किरातसहितको वैदिक सनातन हिन्दू राष्ट्रू प्रति आफ्नो आस्था रहेको बताउँदै उनले हिन्दू धर्म विश्वमै पुरानो भएको चर्चा गरे ।

उनी विराटनगर महानगरपालिकाको मेयर छँदासमेत हरेक वर्ष दण्ड प्रणाम गर्दै आएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka