Premier Cables
Premier Steel

विराटनगर

सांसद पराजुलीद्वारा सडक, पुल र पोलका विषयमा संघीय मन्त्रीसँग छलफल

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २८, २०८२  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगगर । कोसी प्रदेश सभा सदस्य भीम पराजुलीले कटहरी जीर्ण हुलाकी सडक, विद्युत्को पोल सार्ने कार्य, कटहरी पुल तथा झापा कन्काई पुल सम्बन्धी विषयमा तीव्र गतिमा काम अघि बढाउन संघीय सरकारका दुई मन्त्रीको ध्यानाकर्षण गरेका छन् ।

उनले काठमाडौमा बुधबार संघीय सरकारका दुई मन्त्रीहरूसँग छलफल गरेका हुन्।

बिज्ञापन

सांसद पराजुलीले गृह मन्त्री माननीय रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरी हुलाकी सडक अन्तर्गत पर्ने कटहरी क्षेत्रको दयनीय अवस्था, ढिलो भइरहेको पुल निर्माण कार्य र विद्युत् पोल सराउने विषयमा विस्तृत जानकारी गराएका हुन्।

छलफलका क्रममा दुबै मन्त्रीहरूले सरोकारवाला निकायहरूलाई आवश्यक निर्देशन दिइने र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर द्रुत गतिमा अगाडि बढाइने प्रतिबद्धता जनाएका छन्।

सांसद पराजुलीले जनताका समस्या प्रत्यक्षरूपमा बुझी संघीय तहमा सम्बोधनको पहल गर्दै आउनु विकासको गति बढाउने दिशातर्फ महत्वपूर्ण कदम हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa