Premier Cables
Premier Steel

राजनीति

कांग्रेस केन्द्रीय समितिमा भीम पराजुली, विधान अधिवेशन जाऔं

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | साँझ ५:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीभित्र जेनजी पुस्ता र युवाको सक्रिय सहभागिता सुनिश्चित गर्न विधान संशोधन अपरिहार्य भएको बताएका छन्।

मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पराजुलीले पार्टीको विधानमा आवश्यक संशोधन गर्न आगामी पुस महिनाभित्र विधान अधिवेशन आयोजना गर्नुपर्ने प्रस्ताव राखेका हुन्।

बिज्ञापन

पार्टीभित्र अहिले नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन बोलाउने विषयमा छलफल चलिरहेको छ। तर पराजुलीले भने, विधान संशोधन प्राथमिकता दिँदै ‘विधान अधिवेशन’ नै गर्नुपर्ने धारणा राखेका छन्।

उनले भने, “मंसिर–पुसभित्रै पार्टीको विधान अधिवेशन गरी स्थानीयदेखि केन्द्रीय नेतृत्वसम्मका सबै आठ तहमा जेनजी पुस्ता र युवाको **न्यूनतम ३० प्रतिशत सहभागिता सुनिश्चित हुने गरी विधान संशोधन गरौँ।”

पराजुलीले आगामी पुसभित्र क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण कार्य पूरा गरी त्यसपछि केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति निर्धारण गर्नुपर्ने सुझाव पनि दिएका छन्।

उनले भने, “पुसभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण सम्पन्न गरौं, त्यसपछि केन्द्रीय कार्यसमितिको बैठक डाकी आगामी फागुन २१ गते आमनिर्वाचन हुने–नहुने परिस्थिति मूल्यांकन गरेर केन्द्रीय महाधिवेशनको मिति टुंग्याऔँ।”

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka