Premier Cables
Premier Steel

कोशी प्रदेश

पर्यटन विकासमा प्रदेश सरकार सक्रिय छ: मन्त्री पराजुली

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | साँझ ६:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पाख्रीबास । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले प्रदेशका पर्यटकीय क्षेत्रहरूको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

धनकुटाको भेडेटारमा बुधबारदेखि सुरु भएको पर्यटन पत्रकारिता तालिम उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। उक्त तालिम पर्यटन कार्यालय धरानको सहकार्य तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेश, विराटनगरको आयोजनामा सञ्चालन भइरहेको छ।

बिज्ञापन

मन्त्री पराजुलीले प्रदेश सरकारले नयाँ पर्यटकीय स्थलहरूको पहिचान गरी योजनाबद्ध रूपमा विकास कार्यक्रम अघि बढाउने बताउनुभयो। हालसम्म अपेक्षाअनुसार प्रभावकारी काम हुन नसकेको स्वीकार गर्दै अब प्रतिबद्ध भएर अघि बढ्ने उहाँको भनाइ थियो। उहाँले निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिने समेत स्पष्ट पार्नुभयो।

पर्यटन क्षेत्रलाई गौरवको योजनाका रूपमा अघि बढाउन सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो। साथै, आवश्यक भौतिक पूर्वाधार निर्माण र नयाँ गन्तव्यहरूको विकासमा प्रदेश सरकार सक्रिय हुने जानकारी दिनुभयो। पहाडी जिल्लाहरूमा पर्यटकीय सम्भावना सीमित रूपमा उपयोग भएको उल्लेख गर्दै संघीय सरकारसँग समन्वय गरी थप विकास गरिने उहाँको भनाइ थियो।

उहाँका अनुसार प्रदेशमा धार्मिक पर्यटकीय स्थलहरूको पर्याप्त प्रचारप्रसार हुन नसकेको छ। यस क्षेत्रमा निजी लगानी आकर्षित गरी विकासलाई तीव्रता दिने योजना रहेको पनि उहाँले बताउनुभयो।

कार्यक्रममा पर्यटन कार्यालय धरानका प्रमुख भीषण राईले पत्रकारिता केवल समाचार सम्प्रेषणमा सीमित नभई प्रश्न गर्ने र खोजमूलक हुनुपर्नेमा जोड दिनुभयो। मोबाइल पत्रकारितालाई थप प्रभावकारी बनाउनुपर्ने र पर्यटनसँग जोडेर पत्रकारितालाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। पर्यटन प्रवर्द्धनमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गर्दै उहाँले आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिममा कोशी प्रदेशका १४ जिल्लाबाट करिब ५० भन्दा बढी सञ्चारकर्मी तथा पत्रकारको सहभागिता रहेको छ। भेडेटारस्थित नाम्जेमा चैत २४ गतेदेखि २९ गतेसम्म पाँच दिनसम्म तालिम सञ्चालन हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa