Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

एनभिडियाका सीईओ जेन्सन हुआङले दिए राजीनामा, कम्पनीको ५५० अर्ब डलर बजार मूल्य घट्यो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २७, २०८३  | बिहान ११:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले विवाहेत्तर सम्बन्ध सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामाले अमेरिकाको सिलिकन भ्यालीदेखि राजधानी वासिङ्टनसम्म तरंग सिर्जना गरेको छ । विशेषगरी उनको कथित सम्बन्ध चिनियाँ जासुससँग जोडिएपछि अमेरिकी सांसदहरूले कम्पनीमाथि निगरानी बढाएका छन् ।

विज्ञापन

विवाद सार्वजनिक भएको पाँच दिनमै एनभिडियाले सेयर बजारमा करिब ५५० अर्ब डलर बराबरको बजार पुँजीकरण गुमाएको छ । यसबीच कम्पनीकी अन्तरिम सीईओ कोलेट क्रेसले आगामी रणनीतिबारे छलफल गर्न कार्यकारी टोलीको आपत्कालीन बैठक बोलाएकी छन् ।

हुआङले आइतबार एलिस हुआङ नामकी महिलासँग विवाहेत्तर सम्बन्ध रहेको समाचार सार्वजनिक भएपछि पत्नीप्रति आफू इमानदार नरहेको स्वीकार गरेका थिए । ती महिला सिंगापुरस्थित कम्पनी मेगास्पिडमा कार्यकारी पदमा कार्यरत रहेको र चीनका लागि जासुसी गरेको आशंका गरिएको छ । चीनले भने यी आरोपलाई चरित्र हत्या गर्ने प्रयास भन्दै अस्वीकार गरेको छ ।

बुधबार सार्वजनिक अर्को विवरणअनुसार हुआङको एनभिडियाकै उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि सम्बन्ध रहेको बताइएको छ । उनी कम्पनीमा लामो समयदेखि कार्यरत थिइन् र हुआङलाई प्रत्यक्ष रूपमा रिपोर्ट गर्थिन् ।

यस विषयले व्यक्तिगत आचरणको प्रश्नसँगै राष्ट्रिय सुरक्षाको चिन्ता पनि बढाएको छ । अमेरिकी सिनेटर एलिजाबेथ वारेन र क्रिस कुन्ससहितका सांसदहरूले हुआङलाई आफ्नो कथित सम्बन्धबारे कंग्रेससमक्ष स्पष्टीकरण दिन माग गरेका छन् ।

अमेरिकी महान्यायाधिवक्ता टोड ब्लान्चेले एलिस हुआङ चीनका लागि जासुसीमा संलग्न थिइन् वा थिइनन् भन्नेबारे न्याय विभागले कुनै निष्कर्षमा नपुगेको बताएका छन् ।

यसैबीच, हुआङ संसदीय समितिको सुनुवाइमा स्वेच्छाले उपस्थित हुन अस्वीकार गरे कानुनी समाह्वान जारी गर्न सकिने सिनेटका एक कर्मचारीले बताएका छन् ।

एनभिडियाले आफ्ना सीईओ विदेशी गुप्तचर निकायको निशानामा परेका थिए वा थिएनन् भन्नेबारे अनुसन्धान सुरु गरेको जनाएको छ । तर कम्पनीका प्रतिनिधिहरूले पछिल्लो विवादबारे टिप्पणी गर्न अस्वीकार गर्दै आएका छन् ।

सन् १९९३ देखि एनभिडियाको प्रमुख अनुहारका रूपमा रहँदै आएका हुआङको विवादले कम्पनीको नेतृत्व र भविष्यको रणनीतिबारे समेत प्रश्न उठाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka