Premier Cables
Premier Steel

राष्ट्रिय

नेपाल विश्वमा सबैभन्दा धेरै सार्वजनिक बिदा हुने देश

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ११, २०८२  | बिहान ९:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सार्वजनिक बिदाको संख्यामा नेपालले विश्वकै सबैभन्दा अग्रस्थानमा स्थान बनाएको छ। ‘डाटा इन रेस’ द्वारा प्रकाशित तथ्यांकअनुसार नेपालमा वार्षिक ३५ वटा सार्वजनिक बिदा दिइन्छ,जुन विश्वमै सबैभन्दा धेरै हो।

यस सूचीमा इरान दोस्रो स्थानमा रहेको छ जहाँ २६ वटा सार्वजनिक बिदा छन्। त्यस्तै, म्यानमार र श्रीलंकामा समान रूपमा २५/२५ वटा सार्वजनिक बिदा रहेको छ। बंगलादेश (२२), कम्बोडिया (२१) र भारत (२१) पनि उच्च बिदा हुने देशहरूको सूचीमा पर्छन्।

बिज्ञापन

यस तथ्यांकले देखाउँछ कि दक्षिण एशिया र एसियाली मुलुकहरू सार्वजनिक बिदाको हिसाबले अग्रपंक्तिमा छन्। सार्वजनिक बिदाहरू प्रायः धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका कारण दिइन्छन्।

नेपालमा जातीय, धार्मिक र सांस्कृतिक विविधताको कारण विभिन्न समुदायका पर्व तथा चाडबाडमा सार्वजनिक बिदा दिइँदै आएको छ।

यसले एकातिर सामाजिक समावेशिता र सांस्कृतिक विविधताको सम्मानलाई प्रोत्साहित गर्छ भने अर्कातिर सरकारी तथा निजी क्षेत्रको उत्पादनशीलतामा असर पार्न सक्ने तर्क पनि उठ्ने गर्छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka