Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
aarya

शेयर बजार

साइडवेजमा नेप्से : कारोबारमा भने सुधार

Calendar बिहिबार, जेठ २२, २०८२  | अपराह्न ३:३३ बजे

काठमाडौं । सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि सुधार हुन सकेन ।

यस दिन नेप्से सूचक ५.४९ विन्दुले घटेर २६४१.४६ अंकमा आएको छ । ७ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बिज्ञापन

४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ ।

समग्रमा हेर्दा ।अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामै रहेको पाइन्छ । पछिल्ला दिनहरुमा बजारमा ठूलो अंकको गिरावट आएको त छैन । यद्यपि, बजार बलियो हुन पनि सकेको छैन ।

एकाध कम्पनीहरुमा राम्रो मुभमेन्ट देखिएको छ । तर समग्र बजार भने शिथिल नै रहेको पाइन्छ । प्यानिक सेल पनि देखिएको छैन ।

क्रेता र बिक्रेता दुवै पक्षले हतार नगरेको बजारको प्रवृत्ति हेर्दा बुझ्न सकिन्छ । पछिल्ला केही दिनयता चलेको बैंकर र व्यवसायी छुट्याउने व्यवस्थासम्बन्धी विषयहरुले पनि बजारलाई केही प्रभावित बनाएको भन्नेहरु पनि छन् ।

यस्तै, कतिपयले भने नीतिनियमहरु खुकुलो हुँदै जाँदा ठूला तथा संस्थागत लगानीकर्ताले रणनीतिक हिसाबले खरिद योजना बनाइरहेका भनेर विश्लेषण गरिरहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो