Premier Cables
Premier Steel

शेयर बजार

साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र २३, २०८२  | अपराह्न ३:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३.११ प्रतिशत अर्थात् ८३.३३ अंकले बढेर २ हजार ७६०.०२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ प्रतिशतले बढेर ४७१.९२ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४५ वटा स्क्रिप्टका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँभन्दा बढी पुगेको छ।

बिज्ञापन

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले अर्थमन्त्री स्वर्णिम वाग्लेले पूँजीबजारका मागहरु सम्बोधन गर्ने विषयले आज बजार फर्किएको बताए ।

‘नयाँ सरकार गठनपछि बजार लगातार घटेको थियो, जुन अस्वभाविक थियो, त्यसरी बजार क्रमिक रुपमा घट्नुपर्ने कुनै कारणहरु थिएनन्, तर बजारमा अपरिपक्व लगानीकर्ता हाबी हुँदा हल्लाको पछि दौडिने प्रवृत्तिले बजारलाई स्थिर बन्न दिएको थिएन’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धानको विषयले बजारमा तरंगित पैदा गराउँदा हल्लाको पछि दौडिने लगानीकर्ताहरुले धमाधम सेयर बिक्री गरेर बाहिरिएका थिए, त्यसरी आत्तिहाल्नुपर्ने वा डराउनुपर्ने कुनै कारण थिएन, बजारमा जति पनि पैसा लगानीको रुपमा आउँछन्, ती सबै बैंकबाट कर्जा लिएका रकम हुन्, जसलाई सेतो रकम नै मानिन्छ ।’

साथै सेयरबजारमा लगानी गर्नेहरुका लागि आगामी दिन सुनौलो हुन सक्ने उनले बताए ।

‘अस्वभाविक रुपमा बजार घटेपछि ब्रोकर एसोसिएसनले अर्थमन्त्रीसँग भेटेर पूँजीबजार सुधारसम्बन्धी मागहरु राखेका छन्, जसको कार्यान्वयन वा सम्बोधन गर्न अर्थमन्त्री सकारात्मक देखिनुभएको छ, जसकारण आज बजार ८३ अंकले फर्किएको छ’ उनले भने, ‘लगानीकर्ताहरु यत्तिकै हल्लाको पछि लाग्ने प्रवृत्ति हटाउनुपर्छ, स्थिर सरकार आइसकेको छ, अब बन्ने पोलिसीहरु कम्तिमा पनि ५ वर्षको लागि बन्नेछन् र बजारमा लगानीयोग्य रकम १२ अर्ब भन्दा बढी छ, यसकारण आत्तिएर सेयर फाल्ने र बाहिरिने काम बन्द गरौं, पूँजीबजारमा अबको दिन सुनौलो छ, सानो मुटु भएकाहरु सेयरबजारमा प्रवेश नगरेकै उत्तम हुनेछ वा आउने नै भए मुटु दह्रो बनाएर आउनुहोला ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक बढ्यो । यो समूह आज ४.५९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ३.१८ प्रतिशत, विकास बैंक ३.६३, फाइनान्स ४.०३,होटल ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, लघुवित्त २.४३, म्युचुअल फण्ड १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार समूह २.४० प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka