Premier Cables

समाचार

शेयर बजारमा दोहोरो अंकको गिरावट

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र १६, २०८२  | अपराह्न ३:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ ।

नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स समेत १.६१ प्रतिशतले घटेको छ ।

विज्ञापन

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका सबै समूहमा आज रातो पोतिएको छ । सर्वाधिक घट्ने समूहमा व्यापार समूह रहेको छ । यो समूहको २.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक समूह १.२४ प्रतिशत, फाइनान्स समूह २ प्रतिशत, होटल तथा पर्यटन समूह १.१८ प्रतिशत, हाइड्रोपावर समूह १.९३ प्रतिशत, लगानी समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२१ प्रतिशत, माइक्रोफाइनान्स समूह १.३० प्रतिशत, म्युचुअल फण्ड समूह ०.९८ प्रतिशत, निर्जीवन बीमा समूह १.८२ प्रतिशत र अन्य समूह २.१३ प्रतिशतले घटेको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल भन्छन्, ‘नयाँ सरकार गठन हुने वित्तिकै केही दलका नेताहरु धमाधम पक्राउ परे अर्थात् उनीहरुको सम्पत्ति छानबिन गर्ने विषयले सेयर लगानीकर्ताहरुमा थोरै मनोविज्ञान पक्षमा प्रभाव पारेको देखिन्छ, तर मार्केटको सिनारियो हेर्दा त्यसरी डराउनुपर्ने वा अत्तालिनुपर्ने अवस्था छैन ।

नेताहरुको सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्नका लागि प्रक्रिया अघि बढाउँदा केही सेयर लगानीकर्ताहरुलाई हाउँगुजी परेको हुन सक्छ । तर जसले निष्पक्ष रुपमा बैंकसँग लोन लिएर सेयरबजारमा लगानी गरेको हुन्छ उनीहरु डराउनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन ।

जति पनि रकम अहिले सेयरबजारमा देखिएको छ, त्यो सबै ‘ह्वाइट मनि’ नै हुन् । लगानीकर्ताहरुले सेयर किनबेच गर्दा सरकारलाई ट्याक्स तिरेका छन् र पारदर्शी रुपमा सेयरबजारमा यसरी लगानी गरिरहेका छौं । यस्ता खालका समाचारहरुमा लगानीकर्ता त्रसित हुन जरुरी छैन, निर्धक्कसँग बजारमा लगानी गर्दा हुन्छ ।’

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka