Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा हरियाली,नेप्से इन्डेक्समा वृद्धि

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | साँझ ४:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १८.३० अंकले बढेर २ हजार ८५०.३७ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजारमा प्यानिक सेल सकिएर बिस्तारै अप ट्रेण्ड चलिरहेको देख्न सकिन्छ । आज बजार बढेर बन्द हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ । यो साता उधारो कारोबार गर्नेहरुका लागि भने केही पिडादायी पनि रह्यो ।’

यद्यपी आगामी साताबाट बजारले युटर्न लिनेमा लम्साल ढुक्क देखिए ।

नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरेले पनि यो साता आत्तिएर सेयर बेच्नेहरुका कारण बजारमा केही बिक्री दबाब आएको बताए । तर अन्तिम कारोबारमा भने साताको सुखद अन्त्य भएको उनले बताए ।

‘बजार अब यहीबाट फर्किएर ३ हजारको प्रतिरोधलाई ब्रेक गरेर ३२ सय विन्दु कट्न सक्छ । त्यसैले धैर्यवान लगानीकर्ताले बजारबाट राम्रो आर्जन गर्न सक्ने सम्भावना देखिन्छ,’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात १.३९ प्रतिशतले बढ्यो ।

यस्तै आज बैंकिङ समूह ०.५४ प्रतिशत, विकास बैंक ०.६२, होटल ०.४७, हाईड्रो ०.७८, लगानी ०.३३, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन १.१५, लघुवित्त ०.३७,म्युचुअल फण्ड ०.३५, निर्जीवन बीमा ०.४७, अन्य १.०१ र व्यापार समूह १.१३ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka