Premier Cables
Premier Steel

राष्ट्रिय

कहाँबाट आउँछ पटाका: पड्काए कारबाही हुने कानुन तर कार्यान्वयन भने फितलो !

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १३, २०८३  | अपराह्न ३:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । तिहार, छठलगायत चाडपर्वमा पटाका तथा अन्य विस्फोटक पदार्थको प्रयोग, ओसारपसार र बिक्रीवितरणमा नेपालमा प्रतिबन्ध लगाइएको छ। चाडपर्वका बेला पटाकाजन्य पदार्थको प्रयोग बढ्न सक्ने भएकाले गृह मन्त्रालय तथा स्थानीय प्रशासनले निगरानी र कारबाहीलाई कडाइ गर्दै आएका छन्। तर प्रतिबन्धका बावजूद नेपालका विभिन्न ठाउँमा पटाका पड्काउने क्रम भने रोकिएको छैन् ।

यसको एउटा उदाहरण हो एनपीएल सिजन ३ उद्घाटन समारोह । त्यहाँ पनि आतिशवाजी गर्दै पटाका पड्काइएको थियो । यसबारे भने खासै प्रश्न उठाइएकाे छैन् । तिहार तथा छठ पर्व नजिकिएको सन्दर्भमा पटाका पड्काउने जोखिम अझ बढेको देखिन्छ । तर सिमाक्षेत्रमा सुरक्षा निगरानी बढाइरहेको सन्दर्भमा पनि कसरी पटाका भित्रन्छ भन्ने प्रश्न उठ्ने गरेको छ ।

विज्ञापन

पटाकाको प्रयोगले आगलागी, जनधनको क्षति, शारीरिक चोटपटक तथा ध्वनि र वायु प्रदूषणको जोखिम बढाउने भएकाले सरकारले यसको प्रयोगमा रोक लगाएको हो।

तीन वर्षसम्म कैद हुन सक्ने

मुलुकी अपराध संहिता, २०७४ मा विस्फोटक पदार्थसम्बन्धी कसुरका लागि कानुनी व्यवस्था गरिएको छ। गैरकानुनी रूपमा विस्फोटक पदार्थको कारोबार तथा प्रयोग गर्ने व्यक्तिलाई कसुरको प्रकृतिअनुसार कैद, जरिवाना वा दुवै सजाय हुन सक्छ। पटाकासम्बन्धी कसुरमा तीन वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको विवरण सार्वजनिक भएका छन्।

भारतसँगको खुला सिमानाका कारण अवैध रूपमा नेपाल भित्र्याइने पटाका नियन्त्रण गर्न सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा निगरानी बढाउँदै आएका छन्। प्रहरीले विभिन्न स्थानबाट पटाका बरामद गरी नष्ट गर्ने गरेको छ।

तिहारमा घर, पसल तथा सार्वजनिक स्थानमा दीप प्रज्वलन गरिने भएकाले पटाका पड्काउँदा आगलागीको जोखिम थप बढ्छ। विशेषगरी बालबालिकाले असावधानीपूर्वक पटाका प्रयोग गर्दा हात, आँखा र अनुहारमा गम्भीर चोट लाग्न सक्छ।

त्यस्तै, पटाकाबाट निस्कने धुवाँ र विषाक्त कणले वायु प्रदूषण बढाउँछन्। यसको चर्को आवाजले ज्येष्ठ नागरिक, बिरामी, साना बालबालिका तथा घरपालुवा जनावरलाई समेत असर पार्न सक्छ।

नेपालमा प्रतिबन्ध रहे पनि सीमावर्ती भारतीय बजारमा सहजै पाइने पटाका लुकाइछिपाइ भित्रिने जोखिम रहँदै आएको छ। प्रहरीले बरामद तथा निगरानीका गतिविधि सञ्चालन गरे पनि यसको नियन्त्रणमा चुनौती देखिएको छ।

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन पटाकाको प्रयोग नगर्न, अवैध बिक्रीवितरण तथा ओसारपसारबारे सम्बन्धित निकायलाई जानकारी गराउन र बालबालिकालाई पटाकाबाट टाढा राख्न आवश्यक देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka