Premier Cables
Premier Steel

राष्ट्रिय

यसपटकको भाइटीका कसरी, कता फर्किएर लगाउने?

Calendar बिहिबार, कार्तिक ०६, २०८२  | बिहान ९:०६ बजे

काठमाडौं । यमपञ्चकका पाँच दिनमध्ये सबैभन्दा महत्वपूर्ण दिन भाइटीका आज देशभर मनाइँदै छ । यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै श्रद्धा र निष्ठासाथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिन्छन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहार पर्वको छैटौँ दिन हो । आजका दिन दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

बिज्ञापन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउँदा दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्कनु शुभ मानिएको छ । यसरी बस्दा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्ने भएकाले यो दिशा अनुकूल मानिएको हो ।

शास्त्रीय नियमअनुसार शुभ कार्य गर्दा चन्द्रमालाई दाहिने वा अगाडि पार्नुपर्छ भन्ने मान्यता छ । समितिले राज्य सञ्चालकहरूका लागि भने साइतमै टीका लगाउन सिफारिस गरेको छ । यस वर्ष बिहान ११:३९ बजेको अभिजित् मुहूर्तलाई सबैभन्दा शुभ समय मानिएको छ । तर, आम सर्वसाधारणले भने दिनभर जुनसुकै समयमा पनि टीका लगाउन सक्ने समितिको स्पष्टिकरण छ ।

आज दिदीबहिनीहरूले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी अष्ट चिरञ्जीवी—मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम—सहित चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणेश, नवग्रह र अन्य देवताको आराधना गर्छन् । त्यसपछि दाजुभाइलाई तेलको धाराले छेकी परम्पराअनुसार टीका र फूलमाला—मखमली, सयपत्री, गोदावरी आदिले सजाइदिन्छन् ।

तिहारमा सप्तरंगी टीका लगाउने चलन भए पनि शास्त्रीय रूपमा पाँच रंगका—रातो, सेतो, पहेंलो, हरियो र नीलो—टीकालाई नै प्रमाणित गरिएको समितिले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka